झापा । झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् ।
श्रीमान् ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जुनिता घरभित्र र सुवास घरनजिकैको रुखमा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रीमती जुनितालाई हत्या गरी सुवासले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
दुवैजनाले मादक पदार्थ सेवन गरी राति झैझगडा गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।