२०७८ साल माघ ६ गते बिहिबार

खोटाङ कांग्रेस जिल्ला सभापतिमा विष्णुकुमार राईको प्यानल नै विजयी

न्युजलय १० मङ्सिर २०७८, शुक्रबार ०४:१३ मा प्रकाशित

खोटाङ । खोटाङको नेपाली कांग्रेस जिल्ला सभापतिमा विष्णुकुमार राईको प्यानल नै विजयी भएको छ ।

देउवा प्यानलको रुपमा चिनिएका पूर्वपर्यटन राज्यमन्त्रीसमेत रहेका सर्वधन राईलाई ५९ मतले पछि पार्दै विष्णुकुमार राई सभापति बनेका हुन् । विष्णुकुमार रामचन्द्र पौडेल निकट नेताको रुपमा चिनिन्छन् । 

पूर्व राज्यमन्त्री सर्वधन राईले ६ सय १० मत ल्याउँदा विष्णुकुमार राईले ६ सय ६९ मत ल्याएका हुन् । उपसभापतिमा पौडेल निकट इवन राई र तीर्थराज भट्टराई विजयी भएका छन् ।