दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी १३ जनाको मृत्यु

न्युजलय ११ कार्तिक २०७९, शुक्रबार ०८:३७ मा प्रकाशित

काठमाण्डौ । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौँ सहरहरूमा रातभरि परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु भएको छ । 

भीषण वर्षाका कारण आएको बाढीमा परी अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । भीषण बाढीको कारण आएको पहिरोमा परी तेह्र जनाको मृत्यु भएको मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयकमा प्रमुख नुरुउल्लाह इमामले पुष्टि गरेका छन् । 

औसत रूपमा यस देशमा वार्षिक बीस ओटा टाइफुनहरु आउने गरेका छन् । ती मध्ये केही तीव्र र विनाशकारी रहेका जनाइएको छ । रा