प्रकाशपुर । नेपाली कांग्रेसले आज (शुक्रबार) देखि देशै भर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ ।
काङ्ग्रेसले आगामी ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि भदौ २४ गतेसम्म कांग्रेले अभियान चलाउन सुरु गरेको हो । कांग्रेसले अभियानको लागि यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ ।
केन्द्रीय प्रतिनिधिले भदौ १० देखि २४ भदौ सम्म जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् । अभियानमा प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधिहरु खटाउने छन् ।
काङ्ग्रेसले अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने जनाएको छ ।
अभियान सकिएपछि घरदैलो अभियान गर्ने कांग्रेसको तयारी छ। कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको थियो।
यसै बिच सुनसरीमा पनि आज देखि अभियान सुरुभएको काङ्ग्रेस पाटी कार्यलय सुनसरीले जनाएको छ । काङ्ग्रेसले प्रदेश नम्बर १ का १४ जिल्लामा खाटाएका केन्द्रिय प्रतिनिधिहरुमा ताप्लेजुङ्ग-आङ्गेलु शेर्पा, पाँचथर -प्रदीपकुमार सुनुवार, इलाम- महेन्द्रकुमारी लिम्बू, झापा-डिला संग्रौला, संखुवासभा-उमेशजंग रायमाझी, तेह्रथुम- लक्ष्मी परियार, भोजपुर-भिम पराजुली, धनकुटा-राजीव ढुगाना, मोरङ्ग-ज्ञानेन्द्र बहादुर कार्की, सुनसरी-अमृत अर्याल, सोलुखुम्बु-कल्पना चौधरी, खोटाङ-तारामान गुरुङ्ग, ओखलढुंगा-लक्ष्मी खतिवडा, उदयपुर-बलबहादुर केसी रहेका छन् ।