आज तराईमा हुस्सु र कुहिरो, केही स्थानमा हिमपातको सम्भावना

न्युजलय १७ माघ २०७८, सोमबार ०१:३७ मा प्रकाशित

काठमाडौं । आज पनि देशका केही भू-भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हो ।

 

प्रदेश–१, प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार आज बिहान तराईका धेरै भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ । केही दिनयताको लगातारको हुस्सु र कुहिरोले तराईको जनजीवन प्रभावित भएको छ ।