कोशी प्रदेशको सरकार गठन असंवैधानिक भन्दै एमाले अदालतमा

न्युजलय २२ असार २०८०, शुक्रबार ०६:५२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा पुगेको छ ।

सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमालेले अदालत पुगेको हो  ।

कोशी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार सर्वोच्च अदालतमा केहीबेरमा निवेदन दर्ता हुँदैछ । 

एमालेले निवेदनमा संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।