बढ्यो सुनको मूल्य

न्युजलय १४ असार २०८१, शुक्रबार १२:०३ मा प्रकाशित

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ४१ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।