रवीन्द्र मिश्र भोलि राप्रपामा प्रवेश गर्ने

न्युजलय ११ असोज २०७९, मङ्गलबार ०५:३५ मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र भोलि राप्रपामा प्रवेश गर्ने भएका छन्। मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टी प्रवेश गर्न लागेका हुन्

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मिश्रसहित केही नेताहरू राप्रपामा प्रवेश गराउन भोलीको कार्यक्रम राखिएको छ ।

मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए। उनले पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका छन् ।