काठमाडौं । इलाममा नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका उपनेता राम रानामगर माथि अभद्र व्यवहार भएको छ ।
कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएको पहिचानवादीहरुको समूहले रानामाथि इलाममा अभद्र व्यवहार गरेका हुन् ।
इलामबाट विराटनगर तर्फ आउने क्रममा बाटोमा मुढा तेर्स्याएर उनी चढेको गाडी रोकेर रानालाई लक्षित गरी मोबिल प्रहार गरेका हुन् ।
इलामको इलाम नगरपालिका –११ सोयाक भन्ज्याङमा भेला भएर बसेका ४–५ जनाको समूहले बाटोमा मुढा तेर्स्याएर उनलाई लक्षित गरी अभद्र व्यवहार गरेका हुन् ।
यसअघि पनि उनलाई आक्रमणको प्रयास भएको थियो । यसैबीच कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारमाथि पनि उदयपुरमा आज आक्रमणको प्रयाश भएको छ ।
पहिचानकादीहरुको समूहले दनुवार माथि आक्रमणको प्रयास गरेका हुन् ।