काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा कुर्था–बिजुलपुरा र बथनाहा–विराटनगर रेलमार्गको उद्घाटन भएको छ ।
धनुषाको कुर्थादेखि महोत्तरीको बिजुलपुरासम्म भारतको सहयोगमा निर्मित रेलमार्ग तथा भारतको बथनाहादेखि विराटनगरसम्मको कार्गो रेल प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीवार संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
मोदी र प्रचण्डले संयुक्त रूपमा हरियो झण्डा उठाएर रेल उद्घाटन गरे ।
बथनाहाबाट विराटनगरका लागि कार्गो रेल छुटेको छ । उक्त रेल विराटनगर भन्सारसम्म आउनेछ ।