१० आषाढ २०७९ शुक्रवार को राशिफल

न्युजलय १० असार २०७९, शुक्रबार ०७:५१ मा प्रकाशित

मेष । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

बृष । मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

मिथुन । आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

कर्कट । आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह । शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ ।

कन्या । आज आत्मबलमा कमी आउनेछ । मनमा चिन्ता र दुबिधा उत्पन्न हुनेछ । प्रेमीको सहयोग पाइनेछ, तर स्वास्थ्य प्रति सचेत रहनु होला ।

तुला । आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ ।

बृश्चिक । शुभकार्यको चर्चा चल्नेछ र सफल यात्रा हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घर जग्गाको कारोबारले लाभ मिल्नेछ ।

धनु । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नेछ, तर निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला ।

मकर । लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कुम्भ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मीन । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा गरेको लगानी फस्टाउनेछ ।