काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी आज पुनर्स्थापित गरिने भएको छ ।
आइतबार अख्तियारसहितको टोलीले नापजाँचका लागि निकालिएको जलहरी आज अपराह्नपछि शिवलिङ्गमा पुनर्स्थापित गर्ने तयारी गरिएको हो।
आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।