काठमाडौ । नेपालको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएका गोही धमाधम भारत पुग्ने गरेको पाइएको छ ।
नेपालले छाडेका ७५ प्रतिशत गोही अहिले भारतका नदीमा रहेको विज्ञहरुले जनाएका छन् ।विज्ञहरूको अनुमानमा यो सबैभन्दा बढी गङ्गा र त्यससँग जोडिएका अन्य शाखा नदीमै भएको अनुमान गरिन्छ ।
नेपालमा रेडियो कलर जडान गरेका गोहीहरु भारतमा फेला पर्न थालेपछि यस्तो अनुमान गरिएको हो ।नेपालका गोहीहरु नदीको बाटो हुँदै भारत जाने घटना सार्वजनिक भएपछि विज्ञहरु चिन्तित बनेका छन् ।