काठमाण्डौ । पत्नी समयमै घर नफर्किएपछि रिसाएका ज्वाइँले ससुराली गएर आगो लगाई ५ जनाको हत्या गरेका छन् ।
भारतको पञ्जाबस्थित मेहतपुरमा भएको घटनामा ज्वाइँ कुलदीप सिंहले ससुराली गई पेट्रोल छर्केर पत्नी, सासु, ससुरासहित ५ जनाको हत्या गरेका हुन् ।
घटनामा कुलदीपकी पत्नी परमजीत कौर, छोरा गुरमोहल, छोरी अर्शदीप कौर, सासु जंगीद्रो बाई र ससुरा सुरजन सिंहको मृत्यु भएको छ । कुलदीपले घरभित्र ५ जनामाथि पेट्रोल छर्केर आगो लगाई बाहिरबाट ढोका बन्द गरेका थिए ।
प्रहरीका एसपी सरबजीत सिंहले कुलदीपले साथीहरूसँग मिलेर हत्या गरेको बताएका छन् । कुलदीपसँग परमजीतको दोस्रो विवाह थियो र परमजीत उनीसँग बस्न इच्छुक थिइनन् तर कुलदीप पत्नीलाई घर लैजान चाहन्थे ।