देशभर आज थप ५४० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

न्युजलय २३ पुस २०७८, शुक्रबार १२:५१ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २०९ जनाको पीसीआर परीक्षणमा ४७८ र ४ हजार ८९० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२ जनामा कोरोना पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।


निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।