एकैदिन ४५५ जना कोरोना संक्रमित थपिए, दुईको मृत्यु

न्युजलय २९ साउन २०७९, आइतबार १०:१७ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ४५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ जनाको कोरोना परीक्षण गर्दा आइतबार ४५५ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ३०८ जनाको पिसिआर र दुई हजार ५२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५ हजार ४३५ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ भने  ३०२ जना संक्रमित निको भएका छन्।