नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारी निलम्बित

न्युजलय ७ असार २०७९, मङ्गलबार ०१:५२ मा प्रकाशित

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 


उनको पछिल्लो समय पर्यटनमन्त्री प्रेम आलेसँग राम्रो सम्बन्ध थिएन। उनीमाथि आलेले हातपात गरेको विषय समेत बाहिरिएको थियो ।