थप २११ जनामा कोरोना संक्रमण

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०९:४४ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा २११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २२ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो । 

यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ । सोही अवधिमा ३२९ जना निको भएका छन् ।

हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।