ओमिक्रोनबाट दक्षिण कोरियामा दुई जनाको मृत्यु

न्युजलय २० पुस २०७८, मङ्गलबार ११:४५ मा प्रकाशित

काठमाण्डौ । दक्षिण कोरियामा ओमिक्रोन भाइरसबाट दुई जनाको ज्यान गएको बताइएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको बताइएको हो ।

यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा  पहिलो पटक यी दुई जनाको ज्यान गएको बताइएको छ । 

दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।