बढ्यो सुनको मूल्य

न्युजलय १० जेठ २०८०, बुधबार ११:५७ मा प्रकाशित

काठमाडौँ । बुधबार(आज) सुनको मूल्य सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो। यस्तै तेजावी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै,आज चाँदीको मूल्य तोलामा १ हजार ३६० रुपैयाँमा कारोबार भएको छ।