काठमाडौंमा बालेनले लिए फराकिलो अग्रता, कटाए १५ हजार मत

न्युजलय ४ जेठ २०७९, बुधबार १२:४७ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायमै राखेका छन्। उनले १५ हजार ४०२ मत पाएका छन्। 

 

उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अग्रता लिइरहेका छन्।

 

एमालेका स्थापितले ८ हजार २८८ र कांग्रेसकी सिंहले ७ हजार २९० मत पाएकी छन्।

 

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ। महानगरमा वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ।