इटहरी । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विनाशनकारी बाटोमा नलाग्न सुझाएका छन् ।
मंगलबार(आज) सुनसरीको इटहरीमा अस्पतालको शिलन्यासपिछ सञ्चारर्कीसँग कुराकानी गर्दै एमालले बारम्बार संसदमा विरोध जनाउँदै आएकोमा अब त्यसो नगर्न उनले सुझाएका हुन् ।
मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा एमालेले विरोधलाई जारी राख्ने भन्नेपछि उनले कटाक्ष प्रकट गर्दै संसदलाई स्वचालित रुपमा सञ्चालन गर्न दिन आग्रह गरे ।
उनले ओलीमा ईस्या बढ्दै गएको समेत आरोप लगाएका छन् । त्यहि कारण बारम्बर संसद बैठक गर्न एमाले तल्लिन रहेको उनको भनाइ छ । ओली यार्थाथपरक भन्दा विपरित दिसातर्फ मोडिएको उनको तर्क छ ।
‘अब डिस्टक्टीव (विनाशकारी) बाटो नअपनाउनु बेस हुन्छ’, अध्यक्ष नेपालले भने, ‘संधैभरि पिँडाले गुम्सिएर, ईश्याले गुम्सिएर बस्नु हुँदैन । यार्थाथलाई स्वीकार गर्नुपर्छ । अघि बढ्दे अघि बढ्छन् । बढ्ने कुरा देख्ने वित्तिकै आतिनु हुँदैन ।’ उनले कुनै पनि हालमा संसदको काम कारबाहि अघि बढ्ने बताए ।
एमालेले आफ्नो पार्टी परित्याग गरि अन्य पार्टीमा जानलेलाई कारबाहि गर्न मागसहित संसदमा निवेदन पेस गरेको छ । आफूले कारबाहिका लागि सिफारीस गरेका सांसदलाई कारबाहि नगरसम्म संसद चल्न नदिने एमालेको अडान छ ।
तर, एमालेको त्यो मागमा कुनै कानुनी आधार नभएको अध्यक्ष नेपालको तर्क छ । ‘त्यसमा कुनै कानूनी, बैधानीका अधार नै छैन’, अध्यक्ष नेपालले भने, ‘किन भने सर्वोच्च अदालतले यो मत दिए वापत कुनै हुइप लाग्दैन भन्ने कुरा प्रष्ट रुपमा लेखेसकेपछि अदालतको फैसला भन्दा उहाँ केपी ओली माथि होइन ।’
ओलीले आफूलाई विधि विधान भन्दा माथि सम्झने गरेको उनको आरोप छ । त्यो भ्रमबाट मूक्त हुन उनले ओलीलाई सुझाव दिएका छन् । ‘उहाँले, म कानुनको मातहतमा छु ।
संविधानको मतहतमा छु । यी सबै कुरा यी सबै कुरालाई मैले स्वीकार गर्नुपर्छ भन्ने उहाँले ठान्नु पर्यो’, अध्यक्ष नेपालले भने, ‘उहाँले आफूँलाई सर्वैसर्व ठान्ने कुराबाट मुक्त हुनुपर्यो । सबैतिरबाट उहाँ एक्लीनुभएको छ । सबैतिरबाट उहाँ आलोचना खेपिरहनुभएको छ ।’
दिउँसो २ बजेदेखि सुरु हुने संसदको आजको बैठकमा नेपाल प्रहरी तथा प्रदेश प्रहरी अध्यादेश, तेजाब तथा अन्य घातक रशायनिक पदार्थ अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, रेल्वे अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँग भएको सम्झौतामाथि छलफललाई अघि बढाउने अनुमान पनि गरिएको छ । आजकै संसद बैठकमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।