काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईको पनि नाम जोडिएपछि आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्पष्टीकरण दिँदै उनले उक्त प्रकरणमा आफ्नो कुनै स्वार्थ नजोडिएको बताएका हुन् ।
भ्रष्टाचारजन्य सबै काण्डहरुको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने समेत बताएका छन् ।
भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्नुपर्छ भनेर आफूले संसद र बाहिर पनि आवाज उठाइरहेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री भट्टराईले यसमा आफू आजीवन प्रतिबद्ध रहेको बताएका छन् ।