विराटनगर । कोशीमा जनता समाजवादी पार्टी (जसपा) शुक्रबार सरकारमा सहभागी हुने भएको छ । जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीमा शपथ लिन लागेकी हुन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट १–१ जना मन्त्री हुने पूर्वसहमतिअनुसार जसपाकी सांसद लिम्बूले आज स्वास्थ्यमन्त्रीमा शपथ लिन लागेकी हुन् ।
लिम्बूले आज दिउँसो प्रदेश प्रमुख प्रशुराम खापुङ्बाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।