विद्यार्थीको खाजा खर्च महानगरले दैनिक १० रुपैया थपेर २५ पुर्याउन प्रस्ताव

न्युजलय १३ भदौ २०७९, सोमबार ०१:०० मा प्रकाशित

काठमाडौ । काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई सरकारले दिँदै आएको खाजा खर्चलाई २५ रुपैया पुर्याउने प्रस्ताव गरेको छ । दैनिक १५ रुपैया खाजा खर्च दिँदै आएकोमा १० रुपैयाँ थपेर २५ बनाउन प्रस्ताव गरिएको हो । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो ।

यसका साथै महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक पनि राख्ने प्रस्ताव गरेको छ ।