कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ नहुने

न्युजलय १५ भदौ २०८०, शुक्रबार ०७:३२ मा प्रकाशित

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा शुक्रबार (आज) पूर्ण सुनुवाइ नहुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो।

तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण सुनुवाइ नगर्ने बताएपछि  सुनुवाइ नै नहुने भएको हो। यसअघि खतिवडाको एकल इजलासले नै प्रारम्भिक सुनुवाइ गरेको थियो। 

खतिवडाले नै आज पूर्ण सुनुवाइका लागि पेसी तोकेका थिए। तर गोलाप्रथाबाट पेसी तोक्दा उनैको इजलासमा परेपछि सुनुवाइ नुहुने भएको हो।

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष समेतको मतले बहुमत पुर्‍याएको भन्दै विपक्षी दलका सांसद हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।