पाँचथर । नेपाली कांग्रेस पाँचथरको सभापतिमा रुपनारायण जवेगु निर्वाचित भएका छन् ।
संस्थापन पक्षनिकट उनी पौडेल–सिटौला निकट उम्मेद्वार सुरेन्द्रकुमार दाहाललाई २ सय १८ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
मंगलबार राती सकिएको मतगणनाको परिणामअनुसार जवेगुले ६ सय ३४ मत ल्याउँदा दाहालले ४ सय १६ मत प्राप्त गरेका थिए ।
जवेगु यसअघि जिल्ला सचिव थिए । उपसभापतिमा बृजहाङ आङदेम्वे र डिकेन्द्रकुमार चेम्जोङ, सचिवमा दीपक नेपाल र डेकेन्द्रकुमार तामाङ तथा सहसचिवमा सन्तोष श्रेष्ठ र गजेन्द्र राई निर्वाचित भएका छन् ।