काठमाडौं । काठमाडौं पुगेका धरानका मेयर हर्क साम्पाङले त्याहाको अवस्था बिजोग रहेको टिप्पणी गरेका छन् । उनले काठमाडौंको यस्तो अवस्था देखेर आफूलाई श्रमदान गर्न मन लागेको समेत बताए ।
सडकमा यत्रतत्र थुप्रिएको फोहोर देखेपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो, प्रधानमन्त्री र मन्त्री बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’
धरान उपमहानगरपालिकाको विकासबारे छलफल गर्न साङ्पाङ काठमाडौं आएका हुन् । उनले धरानमा जनश्रमदानलाई जोड दिएका छन् । शनिबार मात्रै हजारौं नागरिक जम्मा गरेर उनले बृक्षारोपण गरेका थिए ।