विराटनगर । प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आइतबार (आज) पनि बस्ने भएको छ ।
प्रदेश सभा भवन विराटनगरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
आजको बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ। विद्येयकमाथि गएको बिहीबारदेखि छलफल भइरहेको बताइएको छ ।
देशका ६ वटा प्रदेशले प्रदेशको राजधानी र नाम टुंगो लगाए पनि प्रदेश १ को संसदले अझै प्रदेशको नाम र राजधानी टुंगो लगाउन सकेको छैन। बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउन दबाब दिँदै आएका छन्।