टीकापुर घटनाका तीन दोषीलाई राष्ट्रपतिको माफी

न्युजलय ३ असोज २०८०, बुधबार ०६:५९ मा प्रकाशित

धनगढी । कैलालीको टीकापुर घटनामा संलग्न‍ रही कारागारमा रहेका तीन जना दोषी बुधबार(आज) रिहा भएका छन्।

संविधान दिवस, २०८० को अवसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरीमा पक्राउ परी कारागारमा रहेका तीन जना दोषीलाई आममाफी सहित रिहा गरिएको हो।

उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता चौधरी, कैलाली–४ का प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरीलगायत प्रदेशसभा सदस्य र नागरिक उन्मुक्तिका नेता तथा कार्यकर्ताले कारागारमै पुगेर भेटघाट तथा स्वागत गरेका थिए।