थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

न्युजलय ३० जेठ २०७९, सोमबार ११:१० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा १३ जना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय ११ जनाको नमुना परीक्षण गरिएको थियो । 

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १०२ जना रहेको छ ।