यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय १४ मङ्सिर २०७८, मङ्गलबार ०८:४४ मा प्रकाशित

काठमाडौं । हाल नेपालको मौसममा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिक बदली रहेको छ । महाशाखाका अनुसार मंगलबार दिउँसो पनि देशभर आंशिक बदली रहने  छ।

 

यस्तै राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।