भारतमा थप १ हजार १८८ जनाको कोरोना संक्रमणका कारण मृत्यु

न्युजलय २५ माघ २०७८, मङ्गलबार ११:५७ मा प्रकाशित

काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा थप १ हजार १८८ जनाको मृत्यु भएको छ। 

यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ लाख २ हजार ८७४ पुगेको छ। पछिल्लो समय भारतमा ओमोक्रन भेरियन्टका कारण बढेको संक्रमण दर घट्दै गए पनि मृतकको संख्या भने बढिरहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार थप ६७ हजार ५९७ जनामा कोरोना संक्रमण देखिएको छ।