२०७८ साल माघ ६ गते बिहिबार

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई झण्डै ४७ अर्ब ऋण सहयोग गर्ने

न्युजलय ३० पुस २०७८, शुक्रबार ०३:४१ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ३९ करोड ५९ लाख अमेरिकी डलर ऋण सहायता  उपलब्ध गराउने भएको छ । 

कोषले ४६ अर्ब ७४ करोड रुपैयाँ उपलब्ध गराउन लागेको हो। कोषको कार्यकारी बोर्डले उक्त ऋण स्वीकृत गरेको हो। 

यसबाट स्वास्थ्य, आर्थिक क्षेत्र, जोखिम समूह, वित्तीय स्थिरता, दिगो आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा कोभिड १९ ले पार्ने प्रभावविरुद्ध लड्न सरकारलाई सहयोग मिल्नेछ।

उक्त ऋण स्वीकृतिसँगै नेपालले ११ करोड अमेरिकी डलर तत्कालै पाउनेछ। जुन बजेटमार्फत खर्च गर्न सकिनेछ।