बढ्यो सुनको भाउ

न्युजलय २४ असार २०८०, आइतबार ११:४२ मा प्रकाशित

 काठमाण्डौ । आइतबार(आज) सुनको भाउ सात सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।