निर्वाचन आयोगद्वारा ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त

न्युजलय ६ असोज २०७९, बिहिबार ०१:१९ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले ७७ जिल्लामा जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ।

 

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएको छ। 

 

न्याय परिषद्‌को सिफारिसअनुसार असोज ११ गते देखि लागू हुने गरी ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लामा मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ। 

 

त्यस्तै, बांकी ८८ वटा निर्वाचन क्षेत्रमा भने नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव सरह)का अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ।