के एमाले र काँग्रेस मिल्दैछन् ?

न्युजलय १७ असार २०८१, सोमबार ११:३८ मा प्रकाशित

काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार छाड्न भनेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष ओलीले प्रचण्डलाई राष्ट्रिय सहमतीको सरकारका लागि सरकार छाड्न भनेका हुन् । 


ओलीले राजनीतिक स्थायित्व र सरकारको प्रभावकारिताका लागि नयाँ ढंगले जानुपर्ने बताएका थिए। तीन घण्टाको भेटपछि ओलीले आफ्ना मन्त्रीहरूलाई तत्काल उपत्यका नछाड्न निर्देशन दिएका छन् । 


यसअघि गत शनिबार ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालकोटमा तीन घण्टा वार्ता गरेका थिए। सो भेटवार्तापछि प्रचण्ड सशंकीत भएका थिए । 


देउवा–ओलीको भेटलाई माओवादीलाई एक्ल्याएर कमजोर बनाउने योजनाका रुपमा हेरिएको छ ।