काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नेपाल फर्किने भएका छन्।
उपचारका लागि गत फागुन १ गते चीन गएका पुन चार महिनापछि नेपाल फर्किन लागेका हुन्।
पुन असार १ गते बिहान एयर चाइनाको जहाजबाट काठमाडौं आउने बताइएको छ । वंशाणुतग रूपमा रहेको जन्डिसको उपचारपछी उनी स्वदेश फर्किन लागेका हुन्।
उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको थियो।