काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुले आयल निगममा विरोध प्रदर्शन गरेको छ ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दासम्म नेपालमा पुरानै दर कायम रहेको भन्दै अनेरास्ववियु वागमती प्रदेश उपत्यका विशेष कमिटीले निगममा ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।
अनेरास्ववियुले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य समायोजन नभए कडा संघर्ष गर्ने सो संगठनको चेतावनी छ ।