बढ्यो सुनको भाउ

न्युजलय १८ मङ्सिर २०८०, सोमबार ११:२३ मा प्रकाशित

काठमाडौं । सोमबार (आज) सुनको मूल्य प्रतितोला १ लाख २१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

सोमबार चाँदीको मूल्य भने प्रतितोला १ हजार ५४५ रुपैयाँमा स्थिर छ ।