रुसले गरेको आक्रमणमा ४० जना बढी युक्रेनी सैनिकको मृत्यु

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार ०७:५१ मा प्रकाशित

काठमाडौँ । रुसले गरेको सैनिक आक्रमणबाट अहिलेसम्म ४० जनाभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ ।


युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार रुसी सीमा क्षेत्रमा ती सैनिकहरू मारिएका हुन् ।


रुसले नेपाली समयअनुसार आज बिहानैबाट युक्रेनको राजधानी किएभसहित मुख्य शहरहरूमा क्षेप्यास्त्र हमला गरिरहेको छ ।