अझै तीन दिन तमोर, अरुण र कन्काई नदीको बहाव बढ्ने पूर्वानुमान

न्युजलय ४ असार २०८०, सोमबार ०७:१९ मा प्रकाशित

काठमाडौं । अझै तीन दिन ताप्लेजुङ र पाँचथरमा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तीन दिनसम्म तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने छ ।

त्यसले क्षति पुर्‍याउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले आज दिउँसो बाढी पूर्वानुमान बुलेटिन जारी गरेको छ । बुलेटिनमा देशभरका नदीहरुको अवस्थाबारे उल्लेख छ । 

यसैगरी ताप्लेजुङ र पाँचथर भएर बग्ने नदी तथा खोलाहरुमा भने उच्च जोखिमको सम्भावना छ । ती जिल्लाका नदी तथा खोलाहरुमा सतर्कता तह पार गर्ने सम्भावना छ ।