सरकारसँग झलनाथ आक्रोशित : अमेरिकालाई पत्र लेख्न कसले रोक्यो ?

न्युजलय ५ साउन २०७९, बिहिबार ०९:२८ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारको कार्यकारी अधिकार कहाँ छ भन्दै सोधेका छन् । एमसीसीबारे सरकारले अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन नगरिएकोमा उनले आपत्ति जनाएका छन् ।

संसदमा विशेष समय लिएर बोल्दै खनालले देशको कार्यकारी अधिकार कहाँ कोसित छ भनेर प्रश्न गरे ।

एसपीपी सम्झौता नगर्ने भनेर मन्त्रीपरिषदले एक महिना अगाडि नै निर्णय गरेपनि सरकारले पत्र नपठाएको खुलेपछि उनी रुष्ठ बनेका हुन् । ‘हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?’ उनले सोधेका छन् ।