कोलम्बियामा बाढीमा परी १३ जनाको मृत्यु

न्युजलय २७ चैत २०७८, आइतबार ०८:११ मा प्रकाशित

काठमाडौं । कोलम्बियामा बाढीमा परी १३ जनाको मृत्यु भएको छ। बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र केही सम्पर्कविहीन भएका छन्। केही दिनदेखिको अविरल वर्षाका कारण १३ जनाको ज्यान गएको प्रकोप नियन्त्रण विभागले जनाएको छ।


वर्षा र बाढी तत्कालै रोकिने अवस्था नदेखिएको मौसम विभागले जनाएको छ। विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। 


बाढीका कारण यहाँका कतिपय सडकहरुमा पहिरो गएकाले कतिपय स्थानमा यातायात पनि अवरुद्ध छ।