६८०० मेगावाट विद्युत् भारतलाई बेच्दै नेपाल, हिउँदमा भने उल्टै किन्नुपर्ने

न्युजलय २६ जेठ २०७९, बिहिबार ०१:४० मा प्रकाशित

काठमाडौँ । बुधबार मध्यरातिबाट मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना पनि थपिएसँगै नेपालले कुल ६८०० मेगावाट विद्युत् भारत बेच्न थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनासमेतको बिजुली भारतमा बिक्रि भइरहेको छ । 

आईईएक्समा बोलकबोलमार्फत विद्युत् खरिद–बिक्री हुन्छ । त्यस्तो बोलकबोल प्रक्रिया आईईएक्समा हरेक दिन चल्छ । बोलकबोलअनुसार हरेक १५ मिनेटका लागि फरक–फरक दर हुने र दिनमा ९६ वटा स्लटमा विद्युत् बिक्री हुने गरेको छ । नेपालले आज ९बिहीबार० का लागि प्रतियुनिट औसत भारु ६ रुपैयाँ ८८ पैसामा विद्युत् बेचेको प्राधिकरणले जनाएको छ ।

तेस्रो मुलुको लगानी रहेका आयोजनाको विद्युत् नकिन्ने भारतीय नीतिले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको विद्युत् भारतले किनिरहेको छैन । 

वर्षायाममा नेपालको विद्युत् खपत नभएर खेर जाने अवस्था भए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ ।