वडा अध्यक्ष कार्कीको निधन

न्युजलय ३१ जेठ २०८१, बिहिबार ०५:२८ मा प्रकाशित

ओखलढुङ्गा । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ का वडा अध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । 

वडा अध्यक्ष तथा नेपाली काँग्रेस मोलुङ गाउँपालिकाका सभापति कार्कीको बुधबार राति शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौमा ५१ बर्षको उमेरमा निधन भएको हो ।

घुँडामा क्यान्सर भएपछि वडा अध्यक्ष कार्कीको विगत तीन महिनादेखि अस्पतालमा उपचारत थिए । वडा अध्यक्ष कार्कीको निधन मोलुङ गाउँपालिकाले पालिकाभर बिहिबार शोक बिदा दिएको छ ।