आज थप ९ लाख मात्रा खोप आउँदै

न्युजलय १५ मङ्सिर २०७८, बुधबार ०७:१७ मा प्रकाशित

काठमाडौं । कोभ्याक्स सुविधामामार्फत बुधबार(आज) थप ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउन लागेको छ। 

कोभ्याक्समार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार ७ लाख २५ हजार खोप आइसकेको छ। आगामी २२ मंसिरमा कोभ्याक्स सुविधा अन्तर्गत थप ६ लाख डोज कोभिसिल्ड खोप आउन लागेको छ। 

स्वास्थ्य सेवा विभाका अनुसार नेपालले पर्सी (शुक्रबार) कोभ्याक्स सुविधामार्फत् कोभिडविरुद्धको १ लाख ८८ हजार मात्रा खोप मोडर्ना प्राप्त गर्दैछ।  नेपालमा  कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी रहेको छ।