काठमाडौं । प्रहरीले तपस्वी रामबहादुर बम्जन भन्ने राम लाल बम्जनलाई पक्राउ गरेको घरबाट तीन करोड तीन लाखभन्दा बढी नेपाली रुपियाँ बरामद गरेको छ ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ टन गाउँमा बस्दै आएका बम्जनको घरबाट उक्त रकम बरामद गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपियाँ, विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ विदेशी मुद्रा गरी तीन करोड ३४ लाख ३७ हजार ९०६ रुपियाँ बरामद भएको हो ।