चीन फर्किंदै नेपाली विद्यार्थी

न्युजलय २१ जेठ २०७९, शनिवार ०१:३० मा प्रकाशित

काठमाडौ । कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि चीन फर्काउने प्रक्रिया सुरु भएको छ । 

विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी आफ्नै खर्चमा फर्किएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्यतिखेर ८८९ जना विद्यार्थी स्वदेश फर्केका थिए । 

स्वदेश फर्किएका विद्यार्थीमध्ये एमबीबीएस, एमडी,  इन्जिनियरिङ,  भाषा,  विद्यावारिधि  तथा  सामान्य धारका विषयमा अध्ययनरत थिए ।