काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ।
नेपाल वायुसेवा सञ्चालक संघले सोमबार(आज) हवाई भाडा बढाएको हो। हवाई इन्धनको मूल्य बढेकाले आन्तरिक उडानमा हवाई भाडा वृद्धि गरिएको संघले जनाएको छ।
नेपाल आयल निगमले आन्तरिकतर्फ हवाई इन्धन प्रति लिटर १९ रुपैयाँले वृद्धि गरेको छ। जस अनुसार, प्रति लिटर १८५ रुपैयाँ पुगेको छ।
हवाई इन्धनको मूल्य बढेकाले भाडा समायोजन गरिएको संघको भनाइ छ। संघले १७० देखि ८४० रुपैयाँसम्म भाडा बढाएको छ।
सबैभन्दा कम काठमाडौं–सिमरा १७० रुपैयाँ भाडा बढेको छ भने सबैभन्दा बढी काठमाडौं–धनगढी ८४० रुपैयाँ बढेको छ। यस्तै काठमाण्डौ–विराटनगरको भाडा ४५५ रुपैयाँ बढेको छ ।